Ipo.aspx merolagani - नेप्सेको सीईओ बन्न ८ जनाको आवेदन, तीन हप्ताभित्रै नयाँ नेतृत्व नियुक्त हुने

नेप्सेको सीईओ बन्न ८ जनाको आवेदन, तीन हप्ताभित्रै नयाँ नेतृत्व नियुक्त हुने

Aug 12, 2026 12:43 PM Merolagani

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि ८ जनाले आवेदन दिएका छन्।  अर्थ मन्त्रालयका अनुसार आवेदन दिने अन्तिम समय (साउन २६ गते) सम्ममा ८ वटा आवेदन दर्ता भएका हुन्।

"आठ जनाको निबेदन पर्यो," अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्साले भने। अब सीईओ छनोटका लागि गठित सिफारिस समितिले आवेदकहरूले पेश गरेको व्यावसायिक कार्ययोजना (बिजनेस प्लान) को मूल्याङ्कन प्रक्रिया अघि बढाउनेछ।

अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार विज्ञहरूमार्फत कार्ययोजनाको मूल्याङ्कन गरिसकेपछि उत्कृष्ट उम्मेदवारहरूको सर्टलिस्ट तयार पारिनेछ। सर्टलिस्टमा परेका उम्मेदवारहरूले आफ्नो कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी हुनुपर्नेछ। यो सम्पूर्ण छनोट प्रक्रिया टुंगिएर नेप्सेले नयाँ नेतृत्व पाउने प्रवक्ता लम्सालले जानकारी दिए।

यसअघि सिफारिस समितिले साउन १२ गतेदेखि २६ गतेसम्मका लागि आवेदन खुला गरेको थियो। सीईओ पदका लागि अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन वा सूचना प्रविधि जस्ता विषयमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी (सीए) गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकिएको छ। साथै, पूँजी बजार वा वित्तीय क्षेत्रमा कम्तीमा १५ वर्षको कार्यअनुभव र त्यसमध्ये ७ वर्ष उच्च व्यवस्थापकीय तहमा काम गरेको अनुभवलाई अनिवार्य मापदण्ड बनाइएको छ।

comments powered by Disqus

कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।