Ipo.aspx merolagani - रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

रिलायबल समृद्धि योजनाको लाभांश घोषणा

Aug 13, 2026 10:39 AM Merolagani

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले आफ्नो व्यवस्थापनमा सञ्चालित रिलायबल समृद्धि योजना (RSY) का इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

क्यापिटलले योजनाका इकाईधनीहरुलाई ८.४२१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन २८ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो दरमा लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।