Ipo.aspx merolagani - एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरुको लाभांश घोषणा

एनएमबि क्यापिटलका तीन म्युचुअल फण्डहरुको लाभांश घोषणा

Aug 17, 2026 10:11 AM Merolagani

एनएमबि क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन भइरहेको एनएमबि फिफ्टी (NMB50), एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र एनएमबि हाइब्रिड फण्ड एल २ का इकाईधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ।

क्यापिटलले एनएमबि फिफ्टीका इकाईधनीहरुका लागि ३.१५ प्रतिशत, एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ (NSIF2) का लागि १० प्रतिशत र एनएमबि हाइब्रिड फण्ड एल २ (NMBHF2) का लागि ४.५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

साउन २९ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै सो बैठकले लाभांश वितरण प्रयोजनार्थ क्यापिटलले भदौ ८ गते, सोमबार, एक दिनका लागि बुकक्लोज गर्ने निर्णय पनि गरेको छ। यस अनुसार भदौ ५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले सो लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।