Ipo.aspx merolagani - प्रि ओपन सेसन अपडेटः करिब २ अंक घट्यो नेप्से

प्रि ओपन सेसन अपडेटः करिब २ अंक घट्यो नेप्से

Aug 17, 2026 10:52 AM Merolagani

साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ७.३७ अंक घटेर २६४३.८३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९९ अंक घटेर २६४१.८३ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.०९ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ७६ स्टकको १८४ पटकको कारोबारमा १ करोड २० लाख ५३ हजार ४५३ रुपैयाँ ६० पैसाबराबरको २७ हजार ४४२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने ४६ स्टकको मूल्य घटेको छ। बाँकी ९ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।