Ipo.aspx merolagani - सुनको मूल्य बढ्ने क्रम जारी, दुई दिनमै १२ हजार ६ सय रुपैयाँले बढ्याे

सुनको मूल्य बढ्ने क्रम जारी, दुई दिनमै १२ हजार ६ सय रुपैयाँले बढ्याे

Aug 21, 2026 10:54 AM Merolagani

भदौ ५ गते, शुक्रबार, नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । यस दिन सुन तोलाको ३ हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला १३० रुपैयाँले बढेको हो। दुई दिनमै ताेलामै १२ हजार ६ सय रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा सुन प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबारको बजारमा चाँदी प्रतितोला चार हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।