Ipo.aspx merolagani - एक साताको अवधिमा १५ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, होर्मुज जलमार्गको गतिरोध मुख्य कारण

एक साताको अवधिमा १५ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य, होर्मुज जलमार्गको गतिरोध मुख्य कारण

Aug 22, 2026 06:16 AM Merolagani

पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य १५ हजार १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत साउन ३० गते शनिबार प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँ कायम रहेको सुनको मूल्य भदौ ५ गते शुक्रबारसम्म आइपुग्दा उक्त रकमले बढेर प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँ पुगेको हो ।

महासंघका अनुसार, गत साउन ३१ गते आइतबार पनि सुनको मूल्य ३ हजार ६०० रुपैयाँ बढेको थियाे । उक्त दिन सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियाे । त्यस्तैगरी, भदौ १ गते सोमबार पनि १६०० रुपैयाँले बढेको सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँ पुगेको थियाे ।

त्यस्तै, भदौ २ गते मंगलबार भने सुनको मूल्य स्थिर रह्यो । भदौ ३ गते बुधबार भने सुनको मूल्य घटेको थियाे । उक्त दिन प्रतितोला २७०० रुपैयाँले घटेर सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएकाे थियाे ।

 

त्यस्तै, भदौ ४ गते बिहीबार भने सुनको मूल्य उच्च दरले बढ्यो । एकैदिन सुनको मूल्य ९ हजार ३०० रुपैयाँले बढेर उक्त दिन ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । भदौ ५ गते शुक्रबार पनि सुनको मूल्य ३ हजार ३०० रुपैयाँले बढेर ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

पछिल्ला दिनहरुमा सुनको मूल्य बढ्न थालेको सुन व्यवसायीहरु बताउँछन् । व्यवसायीका अनुसार, होर्मुज जलमार्गमा देखिएको गतिरोधका कारण र आन्तरिक रुपमा उपभोक्ता क्रयशक्ति घटेकाले पनि सुनको मूल्य बढेको हो । ‘अहिले मुख्यगरी अमेरिका, इरानबीच होर्मुज जलमार्गका बारेमा देखिएको गतिरोधका कारण पनि सुनको मूल्य ह्रवात्तै बढेको हो,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने ।

उनका अनुसार, इरान र ओमानबीच सम्झौता हुन लागेकोमा ट्रम्प चिढिएको र होर्मुज जलमार्ग नियन्त्रणमा लिएकाले त्यसको प्रत्यक्ष असर सुनबजारमा परेको हो ।

उनले नेपाली उपभोक्ताको क्रय शक्ति नबढ्दा सुन किन्न नसकेको र अन्तराष्ट्रिय रुपमा सुनको सञ्चिति बढेकाले मूल्य बढ्न गएको बताए ।

साउन महिनामा भित्रियो ५० किलो सुन

भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो महिना (साउन) को तथ्याङ्कअनुसार नेपालमा साउनमा मात्रै १ अर्ब २ करोड रुपैयाँभन्दा बढीको सुन आयात भएको छ । तथ्याङ्कअनुसार साउन महिनामा मात्रै कुल ५० हजार ग्राम अर्थात् ५० किलो ‘फाइन गोल्ड’ नेपाल भित्रिएको हो । उक्त परिमाणको सुन आयात गर्दा १ हजार २६ दशमलव ५५ मिलियन अर्थात् करिब १ अर्ब २ करोड ६६ लाख रुपैयाँ बराबरको रकम बाहिरिएको छ ।

पछिल्लो समय सुनको मूल्यमा भइरहेको उतारचढावका बीच भन्सार विभागको यो तथ्याङ्कले साउन महिनामा सुनको आयातको अवस्थालाई स्पष्ट पारेको छ ।

comments powered by Disqus

असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।