Ipo.aspx merolagani - सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

Sep 20, 2026 10:52 AM Merolagani

असोज ४ गते, आईतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला दुई हजार १०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। गत शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार १०० रुपैयाँ खरिदबिक्री भएको थियो। पछिल्ला दिनमा सुनचाँदीको मूल्य बढेको छ।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रवार चाँदी प्रतितोला चार हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।