Ipo.aspx merolagani - चाँदीको मूल्य बढ्यो, सुन कतिमा हुदैछ कारोबार ?

चाँदीको मूल्य बढ्यो, सुन कतिमा हुदैछ कारोबार ?

Sep 21, 2026 11:24 AM Merolagani

असोज ५ गते, सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ। यसदिन सुन प्रतितोला एक हजार ३०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख तीन हजार ९०० रुपैयाँ खरिदबिक्री भएको छ। आइतबारको बजारमा सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँ खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ८०५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतवारको बजारमा चाँदी प्रतितोला चार हजार ७९५ रुपैयाँमा कारोबार भएको थियो ।

comments powered by Disqus

जागिरको खोजीमा भूपु मन्त्री: श्रद्धा श्रेष्ठले नेपालमा बसालेको संस्कारले दिएको गम्भीर सन्देश

Sep 23, 2026 02:43 PM

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि झण्डै साढे तीन दर्जन आकाँक्षीहरुले आवेदन दिएका छन् । त्यसमध्येकी एक पात्र हुन् श्रद्धा श्रेष्ठ।