Ipo.aspx merolagani - आज शेयर बजार नखुल्ने

आज शेयर बजार नखुल्ने

Sep 21, 2026 11:00 AM Merolagani

असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।

नेप्सेको वेबसाइटमा रहेको बिदाको सूचीमा यस दिन ‘आकस्मिक बजार बन्द’ दिइएको छ। 

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका ७२ कारोबार सदस्य कम्पनीहरुको सर्भर राखिएको डाटा सेन्टर डाटा हब प्रा.लि.मा आश्विन ४ गते बिहानदेखि प्राविधिक समस्या आएको र समाधानका लागि पहल भइरहेको भएतापनि हालसम्म समाधान भैनसकेको र यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएकोले आजको नियमित कारोबार सत्रलाई स्थगन गरिदिन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत निवेदन दिएको सन्दर्भमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१)अनुसार आजको कारोबार स्थगित गरिएको नेप्सेले बताएकाे छ।

 

 
comments powered by Disqus