Ipo.aspx merolagani - पुँजीगत लाभ कर घटाइएको निर्णय राजपत्रमा प्रकाशित, भाेलिबाट नयाँ दर लागू हुने

पुँजीगत लाभ कर घटाइएको निर्णय राजपत्रमा प्रकाशित, भाेलिबाट नयाँ दर लागू हुने

Sep 21, 2026 07:00 PM Merolagani

सरकारले शेयर बजारका लगानीकर्ताहरूका लागि पुँजीगत लाभ कर घटाउने गरी गरेको निर्णय औपचारिक रूपमा नेपाल राजपत्रमा प्रकाशित भएको छ। अर्थ मन्त्रालयद्वारा जारी सूचनाअनुसार, अब शेयर होल्ड गर्ने अवधिका आधारमा पुँजीगत लाभ कर घटाइएको छ।

नयाँ व्यवस्थाअनुसार, नेपाल धितोपत्र बोर्डमा सूचीकृत निकायको हितको निःसर्गबाट प्राप्त लाभको हकमा बासिन्दा प्राकृतिक व्यक्तिको लागि करको दर ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा तीन दशमलव सात पाँच प्रतिशत कायम गरिएको छ भने ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा पाँच प्रतिशत लाभ कर कायम गरिएको छ।

यसअघि अल्पकालीन र दीर्घकालीन लगानीकर्ताहरूका लागि पुँजीगत लाभ करको दर भिन्न र केही बढी रहेको थियो। सरकारको यो निर्णयले विशेष गरी शेयर बजारमा सक्रिय लगानीकर्ताहरूलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ। अर्थ मन्त्रालयका अनुसार यो निर्णय आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरेर मन्त्रिपरिषद्बाट भएको हो।

comments powered by Disqus