Ipo.aspx merolagani - सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

Oct 07, 2026 10:53 AM Merolagani

असोज २१ गते, बुधबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा  खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

comments powered by Disqus

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।