Ipo.aspx merolagani - सुनकाे मूल्य स्थिर,चाँदीको भने घट्यो

सुनकाे मूल्य स्थिर,चाँदीको भने घट्यो

Oct 06, 2026 10:46 AM Merolagani

असोज २० गते, मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुन सोमबारको बजारमा कायम हुने मूल्यलाई नै आधार मानेर कारोबार हुनेछ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। साेमबारको बजारमा सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा नै खरिदबिक्री भएको थियो।

त्यस्तै, यस दिन चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ४३० रुपैयाँमा कारोबार भएको थियो।

 

comments powered by Disqus