Ipo.aspx merolagani - रास्वपा सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्दै

रास्वपा सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत प्रस्थान गर्दै

Oct 23, 2026 06:28 AM Merolagani

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारततर्फ प्रस्थान गर्ने भएका छन्। उनको यो भ्रमण पूर्ण रूपमा निजी तथा पारिवारिक रूपमा धार्मिक तीर्थाटनका लागि हुन लागेको उनको निजी सचिवालयले जनाएको छ।

शुक्रवार (कात्तिक ६ गते) देखि सुरु हुने यो तीनदिने भ्रमणका क्रममा सभापति लामिछानेले भारतको उत्तराखण्डस्थित प्रसिद्ध नैनीतालमा रहेको 'कैंची धाम' र आसामको गुवाहाटीस्थित 'कामाख्या मन्दिर'मा परिवारसहित पुगी पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ।

आध्यात्मिक तथा पारिवारिक भ्रमणको यो तीनदिने कार्यतालिका पूरा गरी उनी निर्धारित समयमै स्वदेश फर्कने सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

comments powered by Disqus

लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत भट्ट ललितपुरको सानेपाबाट पक्राउ

Oct 18, 2026 05:25 AM

लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्। ललितपुरको सानेपा क्षेत्रबाट काठमाडौँ परिसर भद्रकालीको प्रहरी टोलीले भट्टलाई नियन्त्रणमा लिएको हो।