नेप्से सञ्चालक समितिले मस्यौदा पारित गरे पछि धितोपत्र बोर्डमा पठाइने नेप्सेले जनाएको छ । धितोपत्र बोर्डले उक्त मस्यौदा स्वीकृत गरे पछि दलाल व्यवसायी मार्फत लगानीकर्ताले सेयर धितो कर्जा पाउनेछन् । यस पहिले नेप्सेले दलाल व्यवसायीसँग एक चरणको छलफल गर्ने बताइएको छ ।
दलाल व्यवसायीको आग्रहमा धितोपत्र बोर्डले मार्जिन टेड्रिङ्ग सेवा सुरु गर्न धितोपत्र बोर्डले निर्देशन जारी गरेको थियो । दलाल व्यवसायीबाट प्रदान हुने यस्तो कर्जा सीमित कम्पनीका सेयरधनीले मात्र पाउने देखिएको छ । जसले सबै कम्पनीको सेयर धितो राखेर कर्जा नपाउने अवस्थालाई बुझाउँछ ।
धितोपत्र बोर्डको निर्देशन अनुसार कम्तिमा १० हजार सेयरधनी भएको संस्था, खुद सम्पत्ति सकरात्मक अवस्थामा रहेर पछिल्ला २ वर्षमा कम्तीमा १० प्रतिशत लाभांश बितरण गरेको कम्पनीको सेयरमा मात्र यस्तो कर्जा उपलब्ध हुनेछ । अहिले सूचीकृत अधिकांश कम्पनीहरु यस्तो अवस्थामा नरहेका कारण केही वाणिज्य बैंक तथा बीमा कम्पनीका सेयर वाहकले मात्र यस्तो कर्जा पाउने देखिएको हो । बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो कर्जा लिँदा उल्लेखित शर्त लागू हुँदैन ।
कर्जा प्रवाहलाई चुस्त बनाउन यस्तो कडाई गरिएको हो । तर यस्तो कर्जा सीमित व्यक्तिले मात्र पाउने देखिएको हो ।