Ipo.aspx merolagani - अर्थविद् अनलराज भट्टराईको नजरमा मौद्रिक नीति (भिडियो सहित)

अर्थविद् अनलराज भट्टराईको नजरमा मौद्रिक नीति (भिडियो सहित)

Jul 11, 2018 Merolagani

अर्थविद् अनलराज भट्टराइले ब्याजदरको मुभमेन्टलाई केही हदसम्म सम्बोधन गर्ने किसिमको व्यवस्था मौद्रिक नीतिले गरेको बताएका छन् । बैंक तथा वित्तीय संस्थाको बेस रेटमा कमी ल्याउन सिआरआर घटाउने नीति ल्याइएको उनको भनाई छ ।

यसबाट वित्तीय संस्थाको निक्षेपको कस्ट अफ होल्डिङ्ग घट्ने भएकाले बैंकहरुलाई कर्जा प्रवाह गर्न केही असहज हुने भए पनि वित्तीय संस्थाले प्रिमियम थप्नुपर्ने अवस्थामा प्रमियममा आधारदर कम हुने उनको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत ५० लाख रुपैयाँसम्म कर्जा पाउनेमा दुई किसिमको अवस्था हुँदा व्यक्तिगत कर्जा प्रवाहमा दिएको रकम सहि ठाउँमा सदुपयोग नभएकाले मौद्रिक नीतिबाट यसलाई घटाइएको उनको बुझाई छ । तर कतिपय साना तथा मझौला कर्जा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुले स्टक्चरल लोन दिन नसक्ने अवस्थामा व्यक्तिगत कर्जाबाट जानुपर्ने अवस्था आउने उनको भनाई छ ।

बैंकको लोन दिने क्षमता बढाउने भन्दा पनि बैंकहरुको ब्याजदरलाई नियन्त्रण गर्न मौद्रिक नीति केन्द्रित भएकाले बैंकको लागत घट्नुलाई सकारात्मक रुपमा हेर्नु पर्ने उनको भनाई छ ।

भट्टराईले मौद्रिक नीतिले सेयर बजारका सम्बन्धमा भनेका सबै व्याख्या भिडियोमा हेर्नुहोस् ।

comments powered by Disqus

विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।