Ipo.aspx merolagani - बैंकर्स संघका अध्यक्ष भन्छन्, 'मार्जिन ल्याण्डिङ्गको नयाँ व्यवस्थाबाट लगानीकर्ता आत्तिनु पर्दैन' (भिडियो)

बैंकर्स संघका अध्यक्ष भन्छन्, 'मार्जिन ल्याण्डिङ्गको नयाँ व्यवस्थाबाट लगानीकर्ता आत्तिनु पर्दैन' (भिडियो)

Jul 12, 2018 Merolagani

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सरकारको बजेटले तोकेको ८ प्रतिशत आर्थिक वृद्धिलाई कायम गर्नेगरि विस्तारकारी मौद्रिक नीति आउनुपर्छ भन्ने आफुहरुको सुझाव अनुसार नीति आएको बताए । उनले लगानीयोग्य रकमको अभावका कारण ब्याजदरमा चाप पर्दा कर्जाको ब्याजदर लगातार बढ्ने अवस्थालाई नीतिले नियन्त्रण गर्ने विश्वास व्यक्त गरे ।

व्यवसायीक ओभर ड्राफ्टमा नभई व्यक्तिगतमा घटेकाले त्यसले खासै ठूलो इम्प्याक्ट नपार्ने उनको भनाई छ । प्रयोजन नखुलेको व्यक्तिगत कर्जाको सीमा मात्र घटाईएकाले चिन्तित हुनु पर्ने अवस्था नरहेको उनले बताए ।

मार्जिन कर्जाको सीमा प्राथमिक पूँजीको ४० प्रतिशतबाट २५ प्रतिशतमा झरे पनि कुनै असर नपर्ने उनले बताए । अहिले जति कर्जा प्रवाह भएको छ त्यसको चार गुणासम्म कर्जा प्रवाह गर्दासमेत मौद्रिक नीतिले तोकेको सीमा नकट्ने भएकाले लगानीकर्ता बिचलित हुन नहुने उनको भनाई छ । साथै मार्जिन कललाई १० प्रतिशतबाट २० पुर्याएकाले लगानीकर्तालाई केही राहत पुग्ने उनको भनाई छ ।

सेयर कर्जाका सम्बन्धमा ढुङ्गानाको थप बिचार भिडियोमा हेर्नुहोस् ।

comments powered by Disqus

सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।