अघिल्लो आर्थिक वर्षमा ४६ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको यस कोषले गत आर्थिक वर्षमा ५४ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १७.३६ प्रतिशत बढी हो। कोषको ब्याज आम्दानी, सेवा शुल्क तथा कमिशन आम्दानी, लाभांश आम्दानी बढेपछि खुद नाफा बढ्न टेवा पुगेको हो।
खुद नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेका छ। अघिल्लो आर्थिक वर्षमा ४२ रुपैयाँ रहेको कोषको यस्तो आम्दानी गत आर्थिक वर्षमा घटेर ३३ रुपैयाँमा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा प्रतिशेयर आम्दानी घटेको हो।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कोषको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७ अर्ब ६८ करोड रुपैयाँ सञ्चित छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कोषको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो भने जगेडा कोष ५ अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।