Ipo.aspx merolagani - नेपाल टेलिकमको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?

नेपाल टेलिकमको नाफा घट्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2021 07:09 AM Merolagani

नेपाल टेलिकम लिमिटेड (NTC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको बिक्री आम्दानी सामान्य बढेपनि खुद नाफा भने घटेको छ।

गत असार मसान्तसम्ममा कम्पनीले ७ अर्ब ४५ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.५४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको नाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ थियो। बिक्री आम्दानी बढेपनि अन्य आम्दानी घटेको कारण खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ३.७१ प्रतिशत बढेको छ भने अन्य आम्दानी ३१.४६ प्रतिशत घटेको छ। जसले गर्दा कम्पनीको कुल आम्दानी ३.१४ प्रतिशत घट्न पुगेको छ। समीक्षा अवधिमा कम्पनीको जगेडा कोष भने ६.२० प्रतिशत बढेको छ।

कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा ६४ रुपैयाँ ९९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिसम्ममा ४९ रुपैयाँ ६९ पैसामा झरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ६४४ रुपैयाँ ५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २६.४४ गुणा रहेको छ।

comments powered by Disqus