Ipo.aspx merolagani - नेको इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क साढे अर्ब नजिक

नेको इन्स्योरेन्सको नाफा १५ प्रतिशतले बढ्यो, कुल बीमाशुल्क साढे अर्ब नजिक

Aug 16, 2021 12:21 PM Merolagani

नेको इन्स्योरेन्स (NIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५४ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १५.५० प्रतिशतले बढी हो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ४६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै इन्स्योरेन्सको खुद बीमाशुल्क पनि २८.५३ प्रतिशतले बढेर १ अर्ब ६३ करोड २८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १ अर्ब २७ करोड ३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २० करोड ३० लाख रुपैयाँ, लगानी कर्जा तथा अन्यबाट १५ करोड ७५ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७० करोड ५ लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब ११ करोड ७३ लाख रुपैयाँ र महाविपत्ती कोषमा ७ करोड ५ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ४ पैसा, प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात ३२.८५ गुणा रहेको छ।

यस अवधिसम्ममा कम्पनीले ३ लाख २ हजार ७१२ वटा बीमालेख जारी गरी २ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ।

यस्तै, कम्पनीले ७ हजार ५२३ वटा दाबी बापत १ अर्ब ७ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ६ हजार २३२ वटा दाबी बापत १ अर्ब ६९ करोड ९३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।