Ipo.aspx merolagani - कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

कामना सेवा विकास बैंकको नाफा र प्रतिशेयर आम्दानी दुबै घट्यो

Apr 20, 2023 10:09 AM Merolagani

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३० करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.४१ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५० करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.५५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.१७ प्रतिशत बढेको छ। निष्क्रिय कर्जा २.२ प्रतिशतबाट बढेर ३.२७ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज बढेर ३५ करोड ३७ लाख पुगेपछि बैंकको सञ्चालन मुनाफा २७.१२ प्रतिशत घटेको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८ करोड ३ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ८ रुपैयाँ ४४ पैसा घटेर १२ रुपैयाँ ९७ पैसामा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २३.९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ३३ पैसा रहेको छ।

३ अर्ब १४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ५१ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो ९ महिनामा बैंकको निक्षेप ५.६७ प्रतिशत बढेको छ भने कर्जा ०.४१ प्रतिशत बढेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।