Ipo.aspx merolagani - निष्क्रिय कर्जासँगै बढ्यो सप्तकोशी डेभलपमेन्ट बैंकको नोक्सानी

निष्क्रिय कर्जासँगै बढ्यो सप्तकोशी डेभलपमेन्ट बैंकको नोक्सानी

Apr 25, 2023 12:57 PM Merolagani

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (SAPDBL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको निष्क्रिय कर्जा बढेसँगै खुद नोक्सानी पनि बढेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले २७ करोड ४९ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंक ७ करोड ३८ लाख रुपैयाँ नोक्सानीमा थियो।

खुद ब्याज आम्दानी घटेसँगै निष्क्रिय कर्जा बढेपछि बैंकको नोक्सानी बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६ रोड ७० लाख रुपैयाँबाट घटेर १४ करोड ४५ लाख रुपैयाँमा झरेको छ। बैंकको निष्क्रिय कर्जा १०.७२ प्रतिशतबाट बढेर १८.५४ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १३ करोड ३३ लाख रुपैयाँबाट बढेर २८ करोड ४५ लाख रुपैयाँ पुगेको छ। जसका कारण सञ्चालन मुनाफा र खुद नाफा ऋणात्मक हुन पुगेको हो।

चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ७३ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ६९.५१ गुणा रहेको छ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।