Wed, Mar 06, 2024
कालिका पावर कम्पनी लिमिटेड (KPCL) ले असोज १३ गते, शनिबार, आफ्नो रजिष्टर्ड कार्यालय, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. १०, भरतपुरमा विशेष साधारण सभा बोलाएको छ। सो सभा अपरान्ह ११ बजे शुरु हुनेछ।
सभाले कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ। भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।
सभाले कम्पनीको नियमावलीको नियम २७ (२) संशोधन गर्ने, अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।
भदौ २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दिन विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो।
सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।