Ipo.aspx merolagani - सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत,ओपनिङ्ग रेञ्ज कति?

सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत,ओपनिङ्ग रेञ्ज कति?

Sep 19, 2023 12:33 PM Merolagani

असोज २ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) को शेयर सूचीकृत भएको छ। यस दिन नेप्सेमा इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, कर्मचारीसहित सर्वसाधारणका लागि बिक्री गरेको ९६ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २ करोड २४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

इन्स्योरेन्सको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबार गर्न सकिनेछ। अर्थात इन्स्योरेन्सको शेयर असोज ४ गते बिहीबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। इन्स्योरेन्सको आरटिएस सेवा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडबाट हुनेछ।

पहिलो कारोबारका लागि इन्स्योरेन्सलाई नेप्सेले १५८ रुपैयाँ ४१ पैसादेखि ४७५ रुपैयाँ २३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यसै रेञ्जका आधारमा इन्स्योरेन्सको पहिलो कारोबार हुनेछ। नेप्सेले इन्स्योरेन्सलाई एसएनएलआई स्टक टिकर प्रदान गरेको छ।

comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।