Ipo.aspx merolagani - माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

माथिल्लो मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Nov 09, 2023 01:39 PM Merolagani

कात्तिक २३ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेड (MMKJL) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड कित्ता सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दाहरु र कर्मचारीहरुसहित सर्वसाधारणमा बिक्री गरेको ३० लाख कित्ता र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरेको ७० लाख कित्ता गरी कुल १ करोड शेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारको लागि नेप्सेले कम्पनीलाई ९६ रुपैयाँ १४ पैसा देखि २८८ रुपेयाँ ४२ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर एमएमकेजेएल स्टक टिकरमा कारोबार हुनेछ।

तिहार बिदा अघिको आज अन्तिम कारोबार दिन भएकोले कम्पनीको शेयर अब तिहार पछिको पहिलो कारोबार दिन स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ। कम्पनीको शेयर रजिष्ट्रार सानिमा क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।