Ipo.aspx merolagani - अप्पर लोहोरे खोलाको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

अप्पर लोहोरे खोलाको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Sep 24, 2023 11:58 AM Merolagani

असोज ७ गते, आइतबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अप्पर लोहोरे खोला हाइड्रोपावर (ULHC) को शेयर सूचीकृत भएको छ। यस दिन कम्पनीको ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष, स्थानिय बासिन्दा र कर्मचारीहरुका लागि सहित सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको २४ लाख ९८ हजार ४० कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको २६ लाख कित्ता गरी कुल ५० लाख ९८ हजार ४० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको दोस्रो कारोबार दिनदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। अर्थात सोमबारदेखि नेप्सेमा कम्पनीको शेयर कारोबार गर्न सकिनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। यही रेञ्जका आधारमा सोमबार कम्पनीको शेयर कारोबार खुल्नेछ। कम्पनीको शेयर यूएलएचसी टिकरमा कारोबार हुनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

comments powered by Disqus

अमेरिकी राष्ट्रपति ट्रम्पको निर्णयबाट एकाएक प्रचण्ड 'उत्साहित' हुनुकाे कारण यस्ताे

Feb 07, 2025 05:58 PM

एकपछि अर्काे गर्दै विवादास्पद निर्णयहरु गरिरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा निर्णयले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डलाई निकै ठूलो राहत दिएको छ ।