Ipo.aspx merolagani - सातामा १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

सातामा १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Sep 23, 2023 06:33 AM Merolagani

यस साता नेप्से परिसूचक १ प्रतिशत बढेको छ। गत साता २००७.७८ विन्दुमा बन्द भएको नेप्से, यस साता १.१३ प्रतिशत अर्थात २२.७२ अंक बढेर २०२९.७८ विन्दुमा पुगेको छ।

यस साता ५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार खुलेको थियो। सोमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो। यस साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ४२ अंक घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स १.९१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक बढेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा १ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता १ अर्ब ८४ करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४१.१५ प्रतिशत बढेको हो। त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३३.२१ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ११३.३१ प्रतिशत बढेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब ३ खर्ब बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ९.६३ प्रतिशत अर्थात २ खर्ब ८९ अर्ब रुपैयाँ बढेर ३२ खर्ब ९३ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ६.७७ प्रतिशत बढेको छ। अंकका अधारमा पनि यही उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। गत साता २०३८.३९ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १३८.०९ अंक बढेर २१७६.४८ विन्दुमा पुगेको छ।

यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशत घटेको छ। गत साता ३०९४.३४ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७१.४० अंक घटेर ३०२२.९४ विन्दुमा झरेको छ। अंकका आधारमा यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ७३.६१ अंक घटेको छ।

यस साता सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड २० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता शुभम पावरको शेयरमूल्य सर्वाधिक १७.१९ प्रतिशत बढेको छ। त्यस्तै, यस साता बाराही हाइड्रोपावरको शेयरमूल्य करिब १७ प्रतिशत बढेको छ भने पञ्चकन्या हाइ हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको छ। कारोबारमा आएको एभरेष्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक ६.०२ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता ग्रीन डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त, कुमारी बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने एनएमबि बैंक, नेपाल लाइफ इन्स्योरेन्स, सिद्धार्थ बैंक लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus