Ipo.aspx merolagani - दशैँ अघिको अन्तिम साता साढे १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

दशैँ अघिको अन्तिम साता साढे १ प्रतिशत बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो?

Oct 21, 2023 05:50 AM Merolagani

दशैँ अघिको अन्तिम साता नेप्से परिसूचक साढे १ प्रतिशत बढेर बन्द भएको छ। गत साता १८७४.६० विन्दुमा बन्द भएको नेप्से, यस साता २९.२४ अंक बढेर १९०३.८४ विन्दुमा पुगेको छ।

यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। सोमध्ये २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ७.९८ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.२५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंक बढेको छ।

नेप्से बढेपनि यस साता भोल्यूम भने घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ४१ करोडको शेयर कारोबार भएको बजारमा यस साता दैनिक औषतमा १ अर्ब ४ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको कारोबार रकम २६.०५ प्रतिशत घटेको हो। त्यसैगरी, यस साता दैनिक औषत कारोबार संख्या १९.७८ प्रतिशत घटेको छ भने दैनिक औषत शेयर संख्या २१.३३ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि साढे १ प्रतिशत बढेको छ। गत साता २८ खर्ब ७६ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ४४ अर्ब रुपैयाँ बढेर २९ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.९० प्रतिशत बढेको छ। त्यसैगरी, यस साता अन्य, विकास बैंक र लगानी उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

अंकका आधारमा यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ९१.०७ प्रतिशत बढेको छ। गत साता ९७०२.८६ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता बढेर ९७९३.९३ विन्दुमा पुगेको छ।

यस साता होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक घटेका हुन्। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.४२ प्रतिशत घटेको छ।

यस साता दुई कम्पनीको कुल ३ करोड ८९ लाख ७१ हजार ९५९.७२ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता नेशनल हाइड्रोपावर कम्पनीको हकप्रद शेयर र सोनापुर मिनरल्स एण्ड आयलको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।

यस साता सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य सर्वाधिक १३.६५ प्रतिशत बढेको छ। त्यसैगरी, यस साता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को इकाईमूल्य १२.१८ प्रतिशत बढेको छ। करोबारमा आएको सयपत्री हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक २०.२२ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषणका आधारमा यस साता सिटिजन्स बैंक इन्टरनेशनल, सिक्लेस हाइड्रोपावर, सानिमा बैंक लगायतका स्टकहरु मोस्ट पपुलर बाई स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्। त्यसैगरी, यस साता सानिमा जीआईसी इन्स्योरेन्स, विशाल बजार कम्पनी, हिमालयन एभरेष्ट इन्स्योरेन्स लगायतका स्टक मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

comments powered by Disqus