Ipo.aspx merolagani - सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

Oct 07, 2023 07:06 AM Merolagani

यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशत घटेर बन्द भएको छ। अघिल्लो साता २००४.३० विन्दुमा बन्द भएको नेप्से, यस साता २.३६ प्रतिशत अर्थात ४७.३८ अंक घटेर १९५६.९२ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये नेप्से परिसूचक ३ कारोबार दिन घटेको थियो भने दुई कारोबार दिन बढेको थियो। यस साताको सोमबार र बुधबार नेप्से सामान्य अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ९.५७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ३.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.३३ अंक घटेको छ।

नेप्सेसँगै यस साता दैनिक औषत भोल्यूम पनि घटेको छ। गत साता दैनिक औषतमा १ अर्ब ९५ करोडको शेयर कारोबार भएको बजारमा, यस साता दैनिक औषतमा १ अर्ब ४१ करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ५३ करोड अर्थात २७.५६ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३७.७३ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या १०.३२ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३० खर्ब ३८ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ५४ अर्ब अर्थात १.८० प्रतिशत घटेर २९ खर्ब ८३ अर्बमा सीमित भएको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्य म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम घटेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ। यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ३.३६ प्रतिशत घटेको हो। गत साता ५३९३.१३ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १८१.४५ अंक घटेर ५२११.६८ विन्दुमा झरेको छ। यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.७४ प्रतिशत घटेको हो।

यस साता नेप्सेमा ७२ लाख २८ हजार ८०३.५० कित्ता धितोपत्र नेप्सेमा सूचीकृत भएको छ। यस साता नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर र एसबिआई बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो।

यस साता सयपत्री हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.७४ प्रतिशत बढेको छ। त्यसैगरी, बाराही हाइड्रोपावरको शेयरमूल्य १९.७१ प्रतिशत बढेको छ भने बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको एशियन हाइड्रोपावरको शेयरमूल्य यस साता सर्वाधिक १५.३७ प्रतिशत घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता उन्नती सहकार्य लुघवित्त, माया खोला हाइड्रोपावर, ओरियन्टल होटल लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा परेका छन् भने दिव्यश्वरी हाइड्रोपावर, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक शेयर, अप्पर हेवाखोला हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा परेका छन्।

comments powered by Disqus