Ipo.aspx merolagani - सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 06, 2023 08:12 AM Merolagani

कात्तिक २० गते, सोमबार सिद्धार्थ बैंक लिमिटेड (SBL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक २१ गते बुकक्लोज गर्दैछ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

बैंकले मंसिर ५ गते बाईसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा आम्रपाली बैङक्वेट, बालुवाटार, काठमाडौँमा बिहान १० बजेदेखि सुरु हुनेछ।

सभाले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्ज अथवा एक्वायर गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले हाल कायम चुक्ता पूँजीको ४.२१ प्रतिशतका दरले हुन आउने ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

किन बढ्यो एक्कासी कारोबार रकम, यस्तो छ कारण, बढेको कारोबार रकमले बढ्दो लय समाउला ?

Dec 07, 2023 04:02 PM

अढाई महिना पछि बिहीबार एक्कासी कारोबार रकम बढेर २ अर्ब  ७९ करोड रुपैयाँमा उक्लियो। यो अढाई महिना यताकै सबैभन्दा बढी कारोबार हो।