Ipo.aspx merolagani - केपी ओलीलाई बजारमा प्रवेश गराउने कम्पनीको शेयर कतिमा भयो कारोबार ?

केपी ओलीलाई बजारमा प्रवेश गराउने कम्पनीको शेयर कतिमा भयो कारोबार ?

Dec 07, 2023 01:15 PM Merolagani

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शेयर बजारमा प्रवेश गराएको माथिल्लो त्रिशूली थ्री बीको पहिलो शेयर कारोबार भएको छ ।

दोस्रो बजारमा सूचीकृत भएको ८ कारोबार दिनपछि पहिलो कारोबार भएको हो । यस कम्पनीको शेयर दोस्रो बजारमा पहिलो कारोबार २६८ रुपैयाँमा भएको छ ।  पहिलो कारोबार दिनमा नै सर्किटलेभलमा कारोबार भएर २९४ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । 

कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता शेयर दोस्रो बजारमा सुचीकृत भएको थियो । कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज दिएको थियो ।

कम्पनीको शेयर बिक्री भएर बाँडफाँड भएको झण्डै ५ वर्ष भएको छ । कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो ।

सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिशेयर ८७ रुपैयाँका दरले असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म भुक्तानी गर्न माग गरेको थियो।

comments powered by Disqus

हिमालयन डिष्टिलरीको लाभांश घोषणा, साधारण सभा कहिले?

Dec 04, 2023 09:57 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।