Ipo.aspx merolagani - नबिल बैंकले यस वर्ष बोनस वितरण नगर्ने, कति दिँदैछ नगद लाभांश?

नबिल बैंकले यस वर्ष बोनस वितरण नगर्ने, कति दिँदैछ नगद लाभांश?

Nov 23, 2023 10:35 AM Merolagani

हरेक वर्ष बोनस शेयर वितरण गर्दै आइरहेको नबिल बैंक (NABIL) ले यस वर्ष भने नगद लाभांश मात्र वितरण गर्ने भएको छ।

बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus