Ipo.aspx merolagani - हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न तेह्रथुम पावरले बोलायो साधारण सभा

हकप्रद निष्काशनको प्रस्ताव पारित गर्न तेह्रथुम पावरले बोलायो साधारण सभा

Dec 04, 2023 08:58 AM Merolagani

तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीले पुस २१ गते, शनिबार छैठौँ वार्षिक साधारण सभा बोलाएको छ।

सो सभा कम्पनीको कार्यालय, राममन्दिर मार्ग, बत्तिसपुतली, काठमाडौँमा दिउँसो साढे १२ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने, नियमनकारी निकाय वा कार्यालयबाट कुनै पनि विषयमा संशोधन, परिवर्तन तथा कुनै पनि किसिमको निर्देशन वा कैफियत प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर २८ गतदेखि पुस २१ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

comments powered by Disqus