Ipo.aspx merolagani - ट्रेडिङ्गको भरपर्दो साथी बन्दै मेरोलगानी एआई चार्ट,यस्तो छ सक्सेस रेट

ट्रेडिङ्गको भरपर्दो साथी बन्दै मेरोलगानी एआई चार्ट,यस्तो छ सक्सेस रेट

Dec 24, 2023 02:54 PM Merolagani

पछिल्लो समय सबै क्षेत्रमा एआई अर्थात आर्टिफिसियल इन्टेलिजेन्स छाएको छ। विद्यार्थीले निबन्ध वा लेख लेख्नका लागि होस् या ठूला कम्पनीहरुले वित्तीय निर्णय लिन होस्, अधिकांशले एआईको सहायता लिन थालिसकेका छन्।

अहिले वित्तीय क्षेत्रमा सल्लाह सुझावका लागि एआईको प्रयोग बढ्दो देखिएको छ। यस्तै एआईको बढ्दो प्रयोगलाई ध्यानमा राखेर मेरोलगानीले विगत एक वर्षदेखि मेरोलगानी एआई चार्ट बजारमा उपलब्ध गराइरहेको छ।

नेपालमा अहिले शेयर बजार प्रतिको मोह बढ्दो छ। पछिल्लो समय धेरै नयाँ लगानीकर्ताहरु बजार भित्रिरहेका छन्। कसैले ज्ञान लिएर त कसैले अरुको कुरा सुनेको भरमा बजारमा लगानी गरिरहेका छन्। त्यसरी लगानी गर्दा सर्वसाधारणले घाटा व्यहोर्नु परेको हामीले सुनिरहेका हुन्छौँ।

त्यसका साथै अहिले बजारमा आफुलाई प्राविधिक विश्लेषक भन्नेहरुको पनि कमी छैन। सामाजिक सञ्जालमा आफुलाई प्राविधिक विश्लेषक भनी आफ्नो स्वार्थ अनुसार विश्लेषण गरी सर्वसाधारणलाई भ्रमित बनाउने मानिसहरु प्रशस्तै छन्। त्यस्ता विश्लेषकहरुको पछि लागेर पनि धेरैले आफ्नो जम्मा पूँजी गुमाउनु परेको उदाहरणहरु पनि छन्।

यस्तै घटनाहरुबाट सर्वसाधारणलाई बचाउने र निष्पक्ष विश्लेषण प्रस्तुत गर्ने उद्देश्यसहित मेरोलगानीले प्रविधिको प्रयोग गरी एआई चार्ट निर्माण गरेको हो।

यसमा भएको विश्लेषण कुनै व्यक्तिले गर्ने विश्लेषण होइन। यो एआई प्रयोग गरी गरिएको विश्लेषण हो। मानविय विश्लेषण नभएका कारण यो पूर्णतया निष्पक्ष छ।

शेयर बजारमा लगानी गरेपछि सम्भावित ५ वटा नतिजा प्राप्त हुन्छ। पहिलो धेरै नाफा, दोस्रो थोरै नाफा, तेस्रो बराबर, चौथो थोरै घाटा र पाँचौ धेरै घाटा। मेरोलगानी एआई चार्टले पाँचौ नतिजा अथवा ठुलो घाटा हुनबाट लगानीकर्ताहरुलाई जोगाउछ। अर्थात मेरोलगानी एआई चार्टको विश्लेषण अनुसार लगानी गर्दा लगानीकर्ताहरुलाई ठुलो नोक्सानी हुनबाट जोगाउनुकासाथै बजारबाट राम्रो प्रतिफल निकाल्न सहयोग गर्छ।

मेरोलगानी एआई चार्टको सक्सेस रेट एकदमै राम्रो छ। उदाहरणका लागि हामी तलको चित्र हेर्न सक्छौँ।

दिइएको चित्र अनुसार तिहार पछि एआई चार्टले हालसम्म कुल ५ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ४ सिग्नल सफल भइसकेको छ भने एक सिग्नल चलिरहेको छ।

दिइएको चित्र अनुसार मेरोलगानी एआई चार्टले गत नोभेम्बर २ मा र नोभेम्बर २२, नोभेम्बर २८ र डिसेम्बर ३ मा खरिद सिग्नल दिएको थियो। बजार पूर्ण रुपमा बियरिश भइरहेको अवस्थामा लगानीकर्ताहरु खरिद गर्न डराइरहेको बेला मेरोलगानी एआई चार्टले खरिद सिग्नल दिएको थियो। यी सबै सिग्नलहरुमा १९५० देखि १९८० को क्षेत्रमा बिक्री गर्ने निर्देशन दिइएको थियो।

एआई चार्टको विश्लेषण अनुसार शेयर खरिद गरेका लगानीकर्ताहरुले सो सेलिङ्ग रेञ्जहरुमा बिक्री गरेर करिब ३ प्रतिशतदेखि साढे ५ प्रतिशतसम्म नाफा आर्जन गरिसकेका छन्। त्यस्तो बियरिश सेन्टिमेन्ट भएको बजारमा पनि एआई चार्टले लगानीकर्ताहरुलाई नाफा आर्जन गर्न मद्दत गरेको थियो। बियरिश मार्केटमा पनि यी सिग्नलहरु शतप्रतिशत सफल भएका थिए।

यी सिग्नलहरुपश्चात गत डिसेम्बर ११ मा एआई चार्टले १९१५ देखि १९४० को क्षेत्रमा खरिद सिग्नल दिएको छ। हाल यो सिग्नल ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। एआई चार्टले सिग्नल दिएको बेला खरिद गरेका लगानीकर्ताहरुले हालसम्ममा ८.७२ प्रतिशत नाफा आर्जन गरिसकेका छन्।

यसरी मेरोलगानी एआई चार्ट शेयर कारोबारमा लगानीकर्ताहरुको सहयात्री बनिरहेको छ। यसले लगानीकर्ताहरुलाई फाइदा पनि गराइरहेको छ।

यसैबिच, बढ्दो सर्भर लागत र मुद्रास्फितीका कारण मेरोलगानीका केही प्रडक्टहरुको मूल्य वृद्धि गरिएको छ भने केही पुरानै मूल्यमा उपलब्ध गराइएको छ। मेरोलगानीका प्रडक्टहरुमध्ये एआई चार्ट, डाटा एनालाइटिक्स र टेक्निकल डाटाको मूल्य केही वृद्धि गरिएको छ भने पोर्टफोलियो, न्यूजलेटर र अनलाइन ट्रेनिङ्गहरुको मूल्यमा कुनै परिवर्तन गरिएको छैन। यो नयाँ मूल्य यही जनवरी १, २०२४ (पुस १७ गते) देखि लागु हुनेछ। सोभन्दा अघि खरिद गर्ने ग्राहकले पुरानै मूल्यमा प्रडक्टहरु खरिद गर्न सक्नेछन्। परिवर्तित मूल्य निम्न अनुसार छन्ः

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।