Ipo.aspx merolagani - केही कम्पनीकाे शेयर मूल्य जसरी उचालिए त्यसैगरी थचारिए, मागेकै मूल्यमा शेयर दिएपछि कारोबार सात अर्ब नाघ्यो

केही कम्पनीकाे शेयर मूल्य जसरी उचालिए त्यसैगरी थचारिए, मागेकै मूल्यमा शेयर दिएपछि कारोबार सात अर्ब नाघ्यो

Dec 24, 2023 05:48 PM merolagani

सुवास निरौला

आइतबार शेयर बजारको कारोबार हेर्न लायक देखियो। सुरुवाती समयमा निक्कै बढ्न खोजेको बजार पौने दुई बजेसम्म सामान्य अंक नै तल/माथि गरिरहेको थियो।

तर त्यसपछि आएको सेलिङ प्रेसर बजारले थेग्नै सकेन। जस कारण बजार २१.०३ अंकले घट्दा सूचक २०८८.०७ अंकमा ओर्लियो। बजारले २२ सय अंक काट्छ भन्ने अनुमान आउँदै गर्दा आइतबार सूचक २१ सय माथि पनि टिक्न सकेन।

आइतबार बजार घट्दै गर्दा यस अघि जसरी उचालिए अघि बढिरहेका कम्पनीले थिए। ती कम्पनीहरू आइतबार नराम्ररी थचारिए। सबैभन्दा नराम्ररी नेपाल रिपब्लिक मिडिया थचारियो। उसको आइतबार मात्रै प्रति कित्ता शेयर मूल्य १० प्रतिशतले घट्यो। प्रति कित्ता ४६ रुपैयाँ ७० पैसाले घट्दा चार सय २० रुपैयाँ ४० पैसामा ओर्लियो। गएको १२ कारोबार दिनमा मात्रै कम्पनीको शेयर मूल्य १०२.६५ प्रतिशतले बढेको थियो। गत डिसेम्बर ५ मा २३० रुपैयाँ ५० पैसा रहेको कम्पनीको मूल्य डिसेम्बर २१ मा ४६७.१० पैसामा उक्लिएको थियो।

आइतबार नेपाल रिपब्लिका मात्रै थचारिएन रिपब्लिका सँगै हाथवे पनि थचारियो। हाथवेको प्रति कित्ता शेयर मूल्य ९.८५ प्रतिशतले घट्यो। प्रति कित्ता ९० रुपैयाँ ९० पैसाले घट्दा ८३२.१० पैसामा झर्‍यो। पछिल्लो समय हाथवे सबैभन्दा धेरै मूल्य बढ्ने कम्पनीमा परेको थियो। डिसेम्बर ५ यता कम्पनीको प्रति कित्ता शेयर मूल्य ११५.६५ प्रतिशतले बढेको थियो। ४२८ रुपैयाँमा रहेको कम्पनीको शेयर मूल्य बढेर ९२३ रुपैयाँसम्म उक्लिएको थियो।

पछिल्लो समय हाथवे र नेपाल रिपब्लिकाको शेयर मूल्य जसरी बढिरहेको थियो त्यस अनुसार बढ्नु पर्ने अवस्था नरहेको भनेर जानकारहरूले भन्दै आइरहेका थिए। किनकि रिपब्लिकाले घाटाको वासलात प्रकाशित गरेको छ भने हाथवेले पनि १० प्रतिशत बोनस शेयर दिँदैमा त्यति मूल्य पुग्न नपर्ने विश्लेषण हुँदै आएको थियो। विश्लेषणको आधारमा पनि आइतबारको गिरावटलाई अस्वाभाविक मानिएको छैन।  

आइतबार उत्पादनमूलक कम्पनीको शेयर मूल्य राम्रै सँग घटे। शिवम् सिमेन्ट, घोराही र सोनापुर तीनै कम्पनीको शेयर मूल्य प्रभावित भए। तीन कम्पनी मध्ये दुई कम्पनीले १५ प्रतिशत बोनस शेयर दिने घोषणा गरेका छन्। तर लगानीकर्ताले भने बोनसलाई भन्दा बढी सर्ट टर्म क्यापिटल अर्नलाई प्राथमिकता दिए। जसका कारण जति मूल्य आउँछ। त्यतिमै भटा भट शेयर फ्याकिदिदाँ कम्पनीका शेयर मूल्य प्रभावित हुन पुगेका हुन्।

आइतबार कारोबार रकम ७ अर्ब नाघ्यो। कहिले घट्ने/ कहिले बढ्ने क्रम रहेका कारण कारोबार रकम उचालिन पुग्यो। अन्तिम एक घण्टामा लगानीकर्ताले अत्यधिक सेलिङ दिँदा कारोबार रकम बढेर गयो।

दोस्रो बजारमा बढेको कारोबार रकमले लगानीकर्तामा शेयर किन/बेचमा उत्साह कायमै रहेको प्रमाणित गर्छ।  कारोबार रकम बढ्दै गर्दा सूचक घट्नुले भने बजारमा केही लगानीकर्ता भने प्रफिट बुकिङ तिर उन्मुख रहेको सङ्केत गर्छ। धेरै लगानीकर्ताले यस पटक बजारले २२ सयको खड्गो काट्छ भन्ने अनुमान लगाउँदै गर्दा केही लगानीकर्ताले सो बिन्दु पर्खिन चाहेनन्। बरु थोरै भए पनि नाफा लिएर उम्किने होडमा लगानीकर्ता देखिए। खासगरी सर्ट टर्म ट्रेडर हाबी हुँदा दोस्रो बजारमा बिक्री चाप बढेको हो। जुन केही समय रहन सक्ने अनुमान गर्न सकिन्छ।

दोस्रो बजार चरण चरण भएर अघि बढ्ने भएकोले गर्दा अहिले केहीले शेयर बेचेका छन्। जुन अर्को चरणमा उक्लिनको लागि सहयोगी हुने छ। जसलाई शेयर बजारमा चेन्ज ह्यान्ड पनि भनिन्छ। जति धेरै ह्यान्ड चेन्ज हुँदै जान्छ। बजारले त्यही अनुसार गति समाउँदै लैजान्छ। आइतबार शेयर किन्नेले केही समय होल्ड नै गर्ने छन्। उनीहरूले नाफा गर्न आइतबारको मूल्य भन्दा माथि जानु पर्छ। त्यसको लागि पनि शेयर बजार बढ्नु पर्ने हुन्छ। जसले शेयर बजारलाई अर्को चरणमा पुर्‍याउने छ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सको आईपीओ बाँडफाँट, आवेदकले पाए ४० कित्तासम्म शेयर

Dec 27, 2023 10:16 AM

पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।