Sat, Dec 30, 2023
नबिल बैंकले आज (बिहीबार) बार्षिक साधारणसभा (एजिएम) गरेको छ । आज नै साधारणसभा गरेको नबिल बैंकले आजै शेयरधनीको खातामा पैसा पठाएको छ। बैंकले लाभांशको रुपमा खातामा पठाएको रकम सहितको घन्टी शेयरधनीको मोवाइलमा बजेको छ ।
नबिल बैंकले गत वर्षको नाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बैंकको आजको एजिएमले उक्त नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो।
पुस ११ गते, बुधबार, हिमालयन रि इन्स्योरेन्स लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको आईपीओ ताज रिसेप्सन, सुवर्ण शमशेर मार्ग बालुवाटारमा बिहान १० बजे बाँडफाँट भएको हो।