Ipo.aspx merolagani - बढ्दो हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य र घट्दो नेपाल पुनर्बीमाको शेयर मूल्यको ‘मिलनबिन्दु कहाँ’ ?

बढ्दो हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य र घट्दो नेपाल पुनर्बीमाको शेयर मूल्यको ‘मिलनबिन्दु कहाँ’ ?

Jan 12, 2024 02:22 PM Merolagani

३० कित्तासम्म सबैलाई आईपीओ परेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ । सोमबारदेखि कारोबार भइरहेको हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य बिहीबारसम्म आइपुग्दा ४५२.६० रुपैयाँसम्म पुगेको छ ।

यता, अर्को रिइन्स्योरेन्स कम्पनी नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य भने बढ्न सकेको छैन् । हिमालयन रिइन्स्योरेन्सको शेयर दोस्रो बजारमा कारोबार सुरु भएकै दिन ६६७ रुपैयाँमा खुलेको नेपाल पुनर्बीमा कम्पनीको शेयर पनि एकाएक उचाल्लिएर ६९० रुपैयाँसम्म पुगेको थियो । तर, त्यो मूल्यमा नेपाल पुनर्बीमा कम्पनीको शेयर टिक्न सकेन । हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार सुरु भएकै दिन अर्थात गत सोमबार नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य अन्त्यमा ६५५ रुपैयाँमा आएर बन्द भयो ।

हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य बढेसँगै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य पनि बढ्ने अपेक्षा लगानीकर्ताले गरेका थिए । तर, लगानीकर्ताको अपेक्षा अनुसार नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य भने बढ्न सकेन । बरु उल्टै नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य घटेको छ ।

हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएकै दिन नेपाल पुनर्बीमा कम्पनीको शेयर ६६७ रुपैयाँ रहेकोमा अहिले घटेर ६६१.४० रुपैयाँमा आइपुगेको छ । हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य दैनिक हात्तीको चालमा दौडिरहेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य बढ्न सकेको छैन् बरु उल्टै घट्न पुगेको छ ।

अहिले केही लगानीकर्ताहरुले हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यले नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यलाई छिट्टै भेट्याउने बताउने बताउन थालेका छन् । आगामी साता भित्रमा हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यले नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यलाई भेट्याउने आंकलन लगानीकर्ताले गर्न थालेका छन् ।

हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य र नेपाल पुनर्बीमाको शेयर मूल्यको ‘मिलनबिन्दु’ धेरै टाँढा नभएको एक लगानीकर्ताले बताए । नेपाल पुनर्बीमा कम्पनीको बिहीबार बजार बन्द हुँदा शेयर मूल्य प्रतिकित्ता ६६१ रुपैयाँ ४० पैसा छ । यता, हिमालयन रिइन्स्योरेन्सको पनि बिहीबार बजार बन्द हुँदा शेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ ६० पैसा छ ।

गत सोमबार हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको थियो । नेप्सेले कम्पनीलाई प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको शेयर कारोबार भएको थियो । निरन्तर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदै अहिले शेयर मूल्य प्रतिकित्ता ४५२ रुपैयाँ ६० पैसामा पुगेको छ ।

नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्यमा त्यति धेरै फरक छैन् । हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य भन्दा नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य २०८ रुपैयाँ ८० पैसाको मात्रै फरक छ । अर्थात हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर मूल्यले नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्यलाई भेट्याउन २०८ रुपैयाँ ८० पैसा मात्र चाहिन्छ ।

नेपाल पुनर्बीमा कम्पनीमा सरकारी स्वामित्व ४४ प्रतिशत छ भने बाँकी शेयर हिस्सा विभिन्न बैंक तथा बीमा कम्पनी र सर्वसाधारणको छ । अर्को हिमालयन रिइन्स्योरेन्समा निजी क्षेत्रका लगानीकर्ता र सर्वसाधारणको मात्र लगानी छ ।

नेपालमा हाल नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्स गरी दुई वटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । दुबै कम्पनीले जीवन र निर्जीवन बीमा कम्पनीहरुले गरेको बीमाको पनि बीमा (पुनर्बीमा) गर्ने काम गर्दछन् । बीमा कम्पनीहरुले बहन गर्ने जोखिमको केही अंश यी दुई पुनर्बीमा कम्पनीले बहन गर्दछन् । जसले बीमा कम्पनीहरुको जोखिम हस्तान्तरण गर्न मद्दत पुगेको छ ।

comments powered by Disqus

सन्दीप लामिछाने बलात्कार मुद्दाकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल, दिइन् उजुरी

Jan 11, 2024 04:48 PM

क्रिकेटर सन्दीप लामिछाने विरुद्ध बलात्कार मुद्दा दायर गरेकी पीडितकाे तस्बिर सामाजिक संजालमा छताछुल्ल भएकाे छ । लामिछाने दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीर सार्वजनिक गरिएपछि उनले बिहीबार साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।