Ipo.aspx merolagani - माउन्टेन इनर्जीको बोनस शेयर घोषणा

माउन्टेन इनर्जीको बोनस शेयर घोषणा

Jan 08, 2024 10:06 AM Merolagani

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। पुस २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो। त्यसका साथै बैठकले कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।

सबैलाई शेयर परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग रेञ्ज?

Jan 07, 2024 01:31 PM

आवेदन गर्ने सबैलाई परेको हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो।