Ipo.aspx merolagani - पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले 'ड्रयागन फार्म' बेचे, १५ वर्षको लागि जग्गा भाडामा लिएका उनले ५ वर्षमै किन छाडे ?

पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले 'ड्रयागन फार्म' बेचे, १५ वर्षको लागि जग्गा भाडामा लिएका उनले ५ वर्षमै किन छाडे ?

Feb 11, 2024 06:17 PM MEROLAGANI

कुनै बेला दाङमा ड्रयागन फ्रुट खेती गरेर चर्चा कमाएका माओवादीका पूर्वनेता लोकेन्द्र विष्ट मगरले फार्म बिक्री गरेका छन् ।

यो खबर बाहिरिएसँगै कतिपयले उनको नियतमाथि शंका गरिरहेका छन् भने कतिपयले भने नेपालमा कृषि उद्यम गर्न सहज नभएकोले मगर फार्म चलाउन नसकेर बेच्न वाध्य भएको हुन सक्ने आशंका गरेका छन् ।

माओवादीको पोलिटव्युरो सदस्य साथै दुई पटक संघीय सरकारको मन्त्री भएका विष्टले पार्टीबाट राजीनामा दिएर पहिले काभ्रेमा कालोधानको खेती र ५ वर्ष अघि २०७५ मा दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नं १८ मा ड्रयागन फ्रुट खेती शुरु गरेका थिए । जम्मा जम्मी ४० लाख रुपैँया तिर्नेगरि ३ विगाह ६ कठ्ठा जग्गा १५ वर्षको लागि भाडामा लिएको ५ वर्षमै उनले फार्म छोडेका छन् । साथै उनले त्यो जग्गा विस्तार गरेर आफूले १५० विगाहमा खेतीगर्ने बताउँदै कृषि क्रान्तीको मोडल कस्तो हुन्छ, त्यो देखाइदिने दावी गर्दै आएका थिए ।

त्यही आधारमा उनको प्रशंसा गर्दै स्वदेशी मात्रै होइन, विदेशी संचार माध्यमले पनि अनेकौं सामाग्री प्रकाशन तथा प्रशारण गरेका थिए । तर, त्यसको ५ वर्ष नहुँदै उनले फार्म बिक्री गरेका छन् । उनले आफू नजिकका व्यक्तिहरुलाई फार्मको लगानीकर्ता आफूसहित ३ जना भएको बताउने गरेका थिए । तर, उनले त्यसबारेमा संचार माध्यमसँग कहिल्यै पनि खुलस्त कुरा गरेनन् । न त लगानीको बारेमा नै कुनै जानकारी दिए । आजको दिनसम्म पनि उनीसँगै फार्ममा लगानी गर्ने व्यक्तिहरु को को हुन् र साझेदारहरु मध्ये कस्ले कति लगानी गरे, त्यसको स्रोत के हो भन्ने बारेमा जानकारी दिएका छैनन् ।

अहिले बिक्री गरिसकेको कुरा सार्वजनिक हुँदा पनि उनले कति मूल्यमा, कस्लाई, किन विक्री गरे ? उनले आफ्नो शेयर मात्र बिक्री गरेका हुन कि साझेदाहरु सबैले एकमुष्ट रुपमा अर्कै लगानीकर्तालाई विक्री गरेका हुन्, त्यो कुरा खुलेको छैन । उनले जसरी संचार माध्यममा हल्ला खल्ला गर्दै फार्म शुरु गरे र अहिले सुटुक्क फार्म बिक्री गरे,त्यसले गर्दा उनको उद्देश्य  व्यावसायिक रुपमा कृषि कर्म गर्नु भन्दा पनि अरु कुनै निहित उद्देश्य त थिएन ? भन्ने प्रश्न खडा भएको छ ।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।