Ipo.aspx merolagani - दोस्रो बजारमा बैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकले खोल्यो बाटो, नेप्सेमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने

दोस्रो बजारमा बैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकले खोल्यो बाटो, नेप्सेमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने

Feb 09, 2024 05:29 PM Merolagani

नेपाल राष्ट्र बैंकले धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले शुक्रबार नेपाल राष्ट्र बैंक विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ मा संशोधन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकले जारी गरेको विनियमावलीमा तीन क्षेत्रमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति नचाहिने व्यवस्था गरेको हो। राष्ट्र बैंकले कायम रहेको नेपाली उद्योगमा कायम रहेका कुल नेपाली शेयरधनीहरुको शेयर धारण अनुपात नघट्ने गरी हुने विदेशी लगानी, धितोपत्र बजारमा सूचीकृत कम्पनीमा हुने विदेशी लगानी र औद्योगिक व्यवसाय ऐन, २०७६ बमोजिमको रुग्ण उद्योगमा हुने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नहुने जनाएको हो। केन्द्रीय बैंकले यस क्षेत्रका कम्पनीको शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानीमा राष्ट्र बैंकको स्वीकृति आवश्यक नपर्ने जनाएको छ।

यस बाहेकका अन्य क्षेत्रमा भने शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्नेछ । सोका लागि विदेशी लगानी हुने उद्योग/कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्नेछ । सम्पूर्ण कागजात सहित निवेदन प्राप्त भएको मितिले १५ कार्यदिनभित्र राष्ट्र बैंकले सोसम्बन्धी निर्णय गरी निवेदकलाई लिखित जानकारी दिनेछ ।

यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योग/कम्पनीको खातामा जम्मा गर्नेछ ।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।