Ipo.aspx merolagani - स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, लाभांश वितरण र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै

स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा, लाभांश वितरण र एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्दै

Feb 15, 2024 08:39 AM Merolagani

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBBL) ले लाभांश वितरण र थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले फागुन २६ गते, शनिबार, नेपाल हाउस, हात्तीसार, काठमाडौँमा पन्ध्रौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सभाले सर्वसाधारणमा एफपीओ निष्काशन गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले फागुन १३ गते बुकक्लोज गर्दैछ। यस अनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

डुब्ने हल्लाले एनआइसी एशिया बैंकको २७ अर्ब निक्षेप बाहिरिँदा यसरी हुने भयो उल्टै फाइदा

Feb 26, 2024 06:17 PM

पछिल्लो समय चलेको बैंक डुब्ने हल्लाले एनआइसी एशिया बैंक(NICA)लाई थप फाइदा पुगेको छ। एनआइसी एशिया बैंक डुब्छ भन्ने हल्ला फैलाएर भ्रम सिर्जान गर्न खोज्दा बैंकका सर्वसाधारण निक्षेपकर्ता डराएर बैंकबाट ठूलो रकमको निक्षेप निकालेका छन्। तर अन्तमा यसले बैंकलाई नै फाइदा पुगेको छ।