Ipo.aspx merolagani - आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

आईपीओ निष्काशनको प्रस्ताव पारित गर्न क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

Feb 26, 2024 08:25 AM Merolagani

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले चैत ५ गते, सोमबार शुभ होटल प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले आईपीओ निष्काशनका साथै सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

comments powered by Disqus

डुब्ने हल्लाले एनआइसी एशिया बैंकको २७ अर्ब निक्षेप बाहिरिँदा यसरी हुने भयो उल्टै फाइदा

Feb 26, 2024 06:17 PM

पछिल्लो समय चलेको बैंक डुब्ने हल्लाले एनआइसी एशिया बैंक(NICA)लाई थप फाइदा पुगेको छ। एनआइसी एशिया बैंक डुब्छ भन्ने हल्ला फैलाएर भ्रम सिर्जान गर्न खोज्दा बैंकका सर्वसाधारण निक्षेपकर्ता डराएर बैंकबाट ठूलो रकमको निक्षेप निकालेका छन्। तर अन्तमा यसले बैंकलाई नै फाइदा पुगेको छ।