Ipo.aspx merolagani - लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बोलायो साधारण सभा

लाभांश प्रस्ताव पारित गर्न सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बोलायो साधारण सभा

Feb 14, 2024 08:46 AM Merolagani

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड (SPIL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

इन्स्योरेन्सले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ। यस अनुसार फागुन १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

comments powered by Disqus

हिमालयन रिइन्स्योरेन्सको लाभांश घोषणा

Feb 09, 2024 10:24 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।