सूचीकृत कम्पनी मध्ये १ सय १२ कम्पनी मात्रै मार्जिन कारोबार योग्य कम्पनीको सूचीमा परेका छन्। जुन कुल सूचीकृत कम्पनीको ४१.३२ प्रतिशत हो। नेप्सेको मार्जिन कारोबार सुबिधा सम्बन्धी कार्यविधि, २०७५ को परिच्छेद ३ को दफा ८ मा नेप्सेले सूचीकृत सार्वजनिक गर्नु पर्ने नियम छ। सोही नियम अनुसार उसले सूची सार्वजनिक गरेको हो। त्यसैगरि कार्यविधिको दफा ९ (१) मा सर्वसाधारणको सूचनाको लागि सूची सार्वजनिक गर्नु पर्ने उल्लेख छ। सोही बमोजिम सूची सार्वजनिक गरिएको हो।
नेप्सेले नियम अनुसार सूची सार्वजनिक गरेको भएपनि मार्जिन कारोबार सुविधा भने कुनै पनि ब्रोकरले दिएका छैनन्। बेला बेलामा केही ब्रोकर कम्पनीले सुविधा दिने गरेको भए पनि हाल भने कुनै पनि कम्पनीले सेवा नदिएको नेप्सेले जनाएको छ।
नेप्सेले सार्वजनिक गरेको सूचीमा सूचीकृत सबै जसो वाणिज्य बैंक र विकास बैंक परेका छन्। जलविद्युत कम्पनी धेरै भएपनि उनीहरू सूचीमा भने निक्कै थोरै अटाएका छन्।
यी हुन् मार्जिन योग्य कम्पनी