Ipo.aspx merolagani - प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

Mar 04, 2024 10:06 AM Merolagani

प्रभु इन्स्योरेन्स लिमिटेड (PRIN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कामय चुक्ता पूँजीको ४.७५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन २० गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

अर्थमन्त्रालयमा पुन, गृहमा रवि र रक्षामा विष्णु पौडेल कन्फर्म !

Mar 05, 2024 11:31 AM

सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।