Ipo.aspx merolagani - डिप्रोक्स लघुवित्तले घोषणा गर्यो लाभांश

डिप्रोक्स लघुवित्तले घोषणा गर्यो लाभांश

Feb 15, 2024 10:33 AM Merolagani

डिप्रोक्स लघुवित्त वित्तीय संथा लिमिटेड (DDBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १०.५२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १० प्रतिशत बोनस शेयर रहेको छ भने ०.५२६३२ प्रतिशत नगद लाभांश कर प्रयोजनार्थ रहेको छ।

फागुन ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

comments powered by Disqus

हिमालयन रि इन्स्योरेन्सले बोनस वितरणपश्चात हकप्रद निष्काशन गर्ने, बोलायो साधारण सभा

Feb 11, 2024 07:05 AM

हिमालयन रि इन्स्योरेन्स लिमिटेड (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।