Ipo.aspx merolagani - अर्थमन्त्रीमा बर्षमान पुन, कुन मन्त्रालय कस्को भागमा ?

अर्थमन्त्रीमा बर्षमान पुन, कुन मन्त्रालय कस्को भागमा ?

Mar 06, 2024 02:01 PM Merolagani

एमाले र माओवादी सहितको सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुङ्गो लगाएको छ । बुधबार बसेको गठबन्धनको बैठकले मन्त्रालय भागबन्डामा सहमति गरेको हो ।

बैठकमा भएको सहमति अनुसार परराष्ट्र मन्त्रालमा माओवादीबाट नारायणकाजी श्रेष्ठ, अर्थमन्त्रालयमा बर्षमान पुन आउने पक्का भएको छ । यसअघिको गठबन्धन सरकारमा रहेका ऊर्जामन्त्री शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नयाँ गठबन्धन सरकारमा पनि दोहोरिने मौका पाएका छन ।

त्यस्तै एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीमा रघुवीर महासेठ बन्ने सहमति भएको छ । राजेन्द्र राई, ज्वालाकुमारी शाह, दामोदार भण्डारी, भगवती चौधरीलाई पनि एमालेले पुन: सरकारमा पठाउने भएको छ । विमला राई पौड्यालको ठाउँमा कपिलवस्तु १ बाट निर्वाचित बलराम अधिकारीलाई पठाइने भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रबि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन्।

रास्वपाले तीन मन्त्रालय पाउने बताइएको छ । त्यस्तै शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ आउने भएका छन । श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल बन्ने पक्का भएको छ ।

यस अघिनै एमालेबाट पदम गिरी, रास्वपाबाट अर्याल र माओवादीबाट हितबहादुर तामाङ मन्त्री भइसकेको छन ।

comments powered by Disqus

अर्थमन्त्रालयमा पुन, गृहमा रवि र रक्षामा विष्णु पौडेल कन्फर्म !

Mar 05, 2024 11:31 AM

सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।