Tue, Mar 12, 2024
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एक वर्षका लागि मुलुकको प्रधानमन्त्री बन्ने पक्का भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत् नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।
‘एक वर्ष प्रम ग्यारेन्टी हुने प्रचण्डपत्र मेटमणिले माधव नेपाललाई दिलाएरै छाड्ने पक्का देखियो । राजनीति हो, असम्भव भन्ने शब्दावली डिलिट हान्दिए ल ! जे पर्छ परोस’, बाँस्कोटा ले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।
फागुन २५ गते, शुक्रबार, सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको हो।