Ipo.aspx merolagani - गलेका दुर्गा प्रसाईंः सरकारसँग आत्मसमर्पण गर्ने मुडमा

गलेका दुर्गा प्रसाईंः सरकारसँग आत्मसमर्पण गर्ने मुडमा

Mar 10, 2024 04:49 PM Merolagani

‘२-३ दिनपछि आउँला भनेको मलाई गिरप्तार गर्न लागेको थाहा पाएपछि हतार हतार काठमाडाैं आएँ’ आइतबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल भवनमा पुगेको केही संचारमाध्यम र युटयुवका संचालकहरुसँग दुर्गा प्रसाईंले भनेको विषय हो । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंकको ऋण नतिर्ने अराजकहरुलाई सरकारले कारवाही गर्ने दावी गरिरहेकै बेला दुर्गा प्रसांईको उक्त भनाईले के साँच्चै नै उनी पक्राउ पर्दैछन् ? 

भन्ने  जिज्ञासा उत्पन्न भएकाे छ ।

दुर्गा प्रसाईंले आफ्ना भाषण, अन्तरवार्ताहरुमा धेरै मानिसहरुलाई आक्रमणको निशाना बनाएका छन् । तर, पछिल्लो समयमा सबैभन्दा बढी आक्रमण एमाले अध्यक्ष केपी ओली, प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री वर्षमान पुन र गृहमन्त्री रवि लामिछानेहरुमाथि गरिरहेका छन् । तर, उनी शुरुदेखि नै हालका परराष्ट्रमन्त्री तथा अघिल्लो गठबन्धन सरकारका गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, रक्षामन्त्री पूर्णवहादुर खड्काहरुप्रति नरम रहँदै आएका थिए, अहिले पनि प्रसाईंले उनीहरुमाथि कुनै गम्भिर आक्षेप लगाएका छैनन् । त्यसैले सरकारले प्रसाईलाई खबरदारी गरे पनि त्यति ठूलो एक्सन लिएको थिएन । तर, पछिल्लो पटक बनेको सरकारमा दुर्गा प्रसाईंले निशाना साँधेका व्यक्तिहरु प्रभावशाली भएका छन्

प्रचण्ड त थिए नै एमाले अध्यक्ष ओली त प्रसाईं विरुद्ध सबैभन्दा धेरै आक्रामक छन् । त्यसमाथि गृहमन्त्री लामिछाने र अर्थमन्त्री पुन पनि आफू विरुद्ध आक्रामक रुपमा लाग्न थालेको महसुस गरेपछि प्रसाईं लामै समयको लागि पक्राउ पर्ने कुरामा मानसिक रुपमा तयार भएको उनी निकटका व्यक्तिहरु बताउँछन् । सरकारसँग भिड्ने भन्दा पनि नरम भएर आवश्यक परे केही समय गिरप्तार नै भएर बस्दा सहज हुने महसुस गरेपछि प्रसाईले आफूलाई पक्राउ गर्नको लागि सरकारी निकायहरुलाई अनुरोध गर्न लागेको प्रसाईको राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका एक पदाधिकारीले मेरो लगानीलाई बताए ।

प्रसाईले माघ ७ मा गणतन्त्र उल्टाउने घोषणासहित गरेको काठमाडाैं केन्द्रीत आन्दोलन २-३ दिनमै असफल भएको थियो भने फागुन ७ गतेबाट शुरु गरेको आन्दोलन त झनै निस्प्रभावि बनेको थियो । पूर्व राजा ज्ञानेन्द्रको साथ लिएर आन्दोलन चर्काउन खोजेका प्रसाईलाई साथ दिन पूर्व राजपरिवार मात्र होइन, राजावादी भनिएका राप्रपाका नेता कार्यकर्ताहरु पनि हिचकिचाइरहेका छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिंगदेन त शुरुदेखि नै प्रसाईंलाई बैक ठग भन्दै आएका छन् ।

त्यहीकारण प्रसाईले जति आक्रामक अभिव्यक्ति दिए पनि पछिल्लो समय उनको प्रभाव कम हुँदै गइरहेको महसुस गर्न सकिन्छ । विगतमा उनलाई साथ दिएकाहरु पनि क्रमिकरुपमा प्रसाईको अभियान देश र जनता बचाउनको लागि हो कि आफ्नो व्यवसायीक महत्वकांक्षाको व्यवस्थापन गर्नको लागि हो भन्ने छुट्याउन सकिरहेका छैनन् । जस्ले गर्दा उनीहरु प्रसाईंको अभियानबाट क्रमिकरुपमा टाढिदैँ गैरहेका छन् ।

काठमाडाैं केन्द्रित अभियान असफल हुँदै गएपछि प्रसाई र उनका समर्थकहरु जिल्ला स्तरमा संगठन विस्तार गर्ने प्रयास गरिरहेका छन् । शुरुमा महाअभियानको नाममा संगठन बनाउने र पछि त्यसैलाई पार्टीमा बदल्ने सोंच भएपनि जिल्लास्तरमा आशा गरिए अनुसारको जनसमर्थन नपाएपछि प्रसाईंले थकान महसुस गर्न थालेको उनी निकटका व्यक्तिहरु बताउँछन् । ‘राजलाई बोकेर हिड्यों, तर उनैले साथ दिँदैनन् भने मैले मात्रै कति बोकिरहने ?

'उनीहरुलाई गद्धिमा बसाल्नको लागि मैले एक्लै लड्न’ पर्छ भन्ने केही छ ? त्यसै जुधेर भन्दा एकपटक सरकारसँग मज्जाले गफ गरेरै कुरो मिलाउने प्रयास पो गर्नुपर्छ कि क्या हो ?’ नयाँ गठबन्धन बने लगत्तै उनले आफ्नो अभियानको नेतृत्वमा रहेका व्यक्तिहरुसँग भनेका थिए । ‘दुर्गा दाई साँच्चै थाक्नु भएको छ, कुनै पनि बेला या त लौ जे गर भन्दै आत्मसमर्पण गर्ने वा सरकारसंग सम्झौता गर्न सक्ने सम्भावना छ । त्यस्तो केही घटना घट्यो भने आश्चर्य नमाने हुन्छ’ प्रसाईको एकजना निकट सहयोगीले भने ।

comments powered by Disqus

अर्थमन्त्रालयमा पुन, गृहमा रवि र रक्षामा विष्णु पौडेल कन्फर्म !

Mar 05, 2024 11:31 AM

सरकार विस्तारमा सबैभन्दा पेचिलो मानिएका अर्थमन्त्रालय र गृहमन्त्रालय कस्ले लिने भन्ने बारेको असमन्जस्यता हटेको छ । प्रमुख सत्तारुढ घटक एमाले अध्यक्ष र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालबीच अर्थमन्त्रालय माओवादीले लिने र गृहमन्त्रालय रास्वपाले लिने आन्तरिक सहमती भएको ओली निकट एक नेताले मेरो लगानीलाई जानकारी दिए । यद्धपी यो सहमती औपचारिकरुपमा भने अझै गरिएको छैन ।