Ipo.aspx merolagani - आपुर्ति कम हुने हुँदा सर्वाेत्तम सिमेन्टकाे मूल्य कति सम्म पुग्ला ?

आपुर्ति कम हुने हुँदा सर्वाेत्तम सिमेन्टकाे मूल्य कति सम्म पुग्ला ?

Mar 11, 2024 06:15 AM MeroLagani

सर्वोत्तम सिमेन्टकाे सर्वसाधारणलाई निष्काशन गरेको शेयर गत शुक्रबार मात्रै बाँडफाँट भयो । सर्वोत्तम सिमेन्ट नेप्सेमा सूचीकरण भएपछि नेप्सेमा सिमेन्ट कम्पनीको संख्या ४ पुग्नेछ । हाल नेप्सेमा शिवम सिमेन्ट, घोराही सिमेन्ट, सोनापुर मिनरल्स गरी तीन वटा कम्पनी सूचीकृत छन् । अहिले सूचीकृत तीनै वटा कम्पनीहरु प्रिमियममा आइपीओ निष्काशन भएको थियो भने सर्वोत्तम सिमेन्ट भने बुक बिल्डिङ विधिबाट आइपीओ निष्काशन भएको हो ।


नेप्सेमा सुचीकृत सिमेन्ट कम्पनीमध्ये सबैभन्दा पुरानो शिवम सिमेन्टको संस्थापक शेयरको समेत लकिङ पिरियड खुला भइसकेको छ भने घोराही र सोना केही महिना अगाडि मात्रै नेप्सेमा सुचीकृत भएका कम्पनी हुन । नेप्सेमा यसअघि सुचीकृत कम्पनीमध्ये शिवमको सबैभन्दा कम १२ प्रतिशत मात्रै शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो भने घोराहीको २० प्रतिशत र सोना मिनरल्सको ४० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गरिएको थियो ।

सर्वोत्तम सिमेन्टको सवालमा भने कुल चुक्ता पुँजीको १२ दशमलब ९१ प्रतिशत मात्रै शेयर सर्वसाधारणमा निष्काशन गरिएको छ । सर्वसाधारणलाई ४ करोड ६५ लाख कित्ताको १२ दशमलब ९१ प्रतिशतले हुन आउने ६० लाख कित्ता शेयरमध्ये ४० प्रतिशत अर्थात २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्तालाई वितरण गरिएको छ भने बाँकी ६० प्रतिशत सर्वसाधारणलाई बाँडफाँट गर्ने भनिएको छ । ६० लाख कित्ताको ६० प्रतिशत अर्थात ३६ लाख कित्तामध्ये ९ लाख ३० हजार कित्ता स्थानीय उद्योग प्रभावितलाई छुट्याइएको छ । त्यसपछि बाँकी २६ लाख ७६० हजार कित्ता शेयरको १० प्रतिशत अर्थात २ लाख ६७ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका कामदारलाई छुट्याइएकाे छ । स्थानीयलाई जारी पुँजीको २ प्रतिशत अर्थात ९ लाख ३० हजार कित्ता छुटयाइएकोमा बिक्री नभएको ६ लाख ८१ हजार ५ सय ३० कित्ता समेत सर्वसाधारणलाई निष्काशन गरिएको थियो । २ लाख ४८ हजार ४ सय ७० कित्ता शेयर वैदेशिक रोजगारमा गएकालाई बाँडफाँट गरिएको थियो ।

सबै गरेर ३० लाख ८४ हजार ५ सय ३० कित्ता शेयर सर्वसाधारणलाई वितरण गर्ने भनिए पनि त्यसमध्ये १ लाख ५४ हजार २ सय २७ कित्ता शेयर म्युचुएल फन्ड र कम्पनीका कर्मचारीलाई छुटयाएर बाँकी २७ लाख ७६ हजार ७६ कित्ता शेयर मात्रै सर्वसाधारण शेयरको लागि निष्काशन गरिएको थियो ।

सर्वोत्तम सिमेन्टको शेयरको लागि ९ लाख ५८ हजार ९ सय ५९ जना आवेदकले ५ करोड ५ लाख ३८ हजार ३ सय १० कित्ता शेयरको लागि आवेदन दिएका थिए । त्यसमध्ये ५५ हजार ५ सय २१ जना आवेदक ५० कित्ता र बाँकी २६ आवेदकले थप एक कित्ता शेयर पाएका थिए । १ हजार ३ सय ४२ जना आवेदकको आवेदन विविध कारणले रद्द भएको थियो ।

बुक बिल्डिङ विधि अनुसार शेयर निष्काशन भएको सर्वोत्तम सिमेन्टको शेयर मध्ये पहिलो चरणमा सर्वसाधारणको लागि निष्काशन भएको शेयर मात्रै बजारमा किनबेचको लागि उपलब्ध हुन्छन् । सबैभन्दा ठूलो हिस्सा ८७.०९ प्रतिशत हिस्सा ओगटेको संस्थापकहरुको शेयर किनबेच नै हुँदैन । संस्थापक शेयर ३ वर्षसम्म कारोबार नै हुँदैन । त्यसैगरी बुक बिल्डिङ विधि अनुसार सर्वसाधारणलाई निष्काशन गर्ने भनिएको ६० लाख कित्ताको ४० प्रतिशत अर्थात २४ लाख कित्ता शेयर योग्य संस्थापक लगानीकर्ताको हातमा छ । बुक बिल्डिङ नियमावली अनुसार योग्य सस्थापक लगानीकर्ताहरुले ६ महिनासम्म आफुले पाएको शेयर बिक्री गर्न पाउँदैन अर्थात तिनीहरुको शेयर पनि लकमै रहन्छ । त्यसैगरी म्युचुएल फन्डहरुले पाएको १ लाख ५४ हजार २ सय २७ कित्ता शेयर पनि ६ महिनासम्म तिनीहरुले बेच्न पाउँदैनन । अर्को कर्मचारीले पाएको १ लाख ५४ हजार २ सय २७ कित्ता पनि ३ वर्षसम्म बिक्री गर्न प्रतिबन्ध रहेको हुँदा किनबेचमा आउँदैन । स्थानीय उद्योग प्रभावितले पाएको २ लाख ४८ हजार ४ सय ७० कित्ता समेत ३ वर्षसम्म बिक्री गर्न नपाइने प्रावधान छ । योग्य संस्थागत लगानीकर्ताले पाएको २६ लाख कित्ता र म्युचुएल फन्डले पाएको १ लाख ५४ हजार २ सय २७ कित्ता ६ महिनासम्म बिक्री गर्न नपाइने प्रावधान रहेको तथा उद्योग प्रभावित स्थानीय र कर्मचारीले पाएको शेयर ३ वर्षसम्म बिक्री गर्न नपाइने हुँदा सर्वोत्तम शेयर नेप्सेमा सुचीकृत हुँदा धेरै कम मात्रै शेयर बिक्री लागि उपलब्ध हुने गर्दछ । शेयर बजारमा माग र आपूर्तिले कुुनै पनि कम्पनीको शेयर मूल्य निर्धारण हुन्छ । शेयरको आपूर्ति पक्ष एकदम कम हुने हुँदा सर्वोत्तमको शेयर सुचीकरण हुनासाथ केही समयको लागि आकर्षक हुने देखिन्छ । सर्वोत्तम सिमेन्टको जारी पुँजीको ५ प्रतिशत अर्थात २७ लाख ७६ हजार ७६ लाख कित्ता शेयर मात्रै कारोबारमा आउन योग्य रहेको छ । आइपीओमा शेयर पारेकामध्ये पनि धेरै कम मात्रै दोस्रो बजारमा बिक्रीमा आउने हुँदा सर्वोत्तम सिमेन्टको शेयर आपूर्ति न्यून भई मूल्य बढ्ने सम्भावना अधिक रहेको छ ।

सर्वोत्तम सिमेन्ट सर्वसाधारणले ३ सय ६० रुपैयाँ ९० पैसामा ५५ हजार ५ सय २१ जनाले ५० कित्ताको दरले पाएका छन् । बजारमा अन्य सिमेन्टको मूल्य ५ सय भन्दा माथि कारोबार भइरहेको परिप्रेक्ष्यमा सर्वोत्तम सिमेन्टको मूल्य पनि सोही आधारमा आइपीओको मूल्य भन्दा दोब्बर मूल्यसम्ममा बिक्री गर्न सकिने प्रक्षेपण लगानीकर्ताहरुले गरेका छन् ।

बजारमा १ सय रुपैयाँमै शेयर निष्काशन गरेको मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउस लगायतका कम्पनीको शेयर मूल्य १ हजारभन्दा माथिको मूल्यमा कारोबार भएको थियो । नयाँ सुचीकृत कम्पनीको शेयर बजारमा माग बढी हुने गर्दछ । माग बढी र आपूर्ति कम हुँदा शेयरको मूल्य स्वभाविक रुपमा बढ्ने गर्दछ । यही उदाहरणलाई हेर्दा पनि सर्वोत्तमको शेयर मूल्य बढ्ने अपेक्षा गर्न सकिने बजार जानकारहरु बताउँछन् ।

comments powered by Disqus

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, २६ जनाले पाए थप एक कित्ता

Mar 08, 2024 10:05 AM

फागुन २५ गते, शुक्रबार, सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान १० बजे सो आईपीओ बाँडफाँट भएको हो।