यस दिन सो सेसनमा नेपाल वेयरहाउजिङ्गको शेयर प्रतिकित्ता २०८ रुपैयाँ ८० पैसामा पहिलो कारोबार भएको छ भने चिरख्वा हाइड्रोपावर (CKHL) को प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको छ। त्यसैगरी, सो सेसनमा भिजन लुम्बिनी (VLUCL) को शेयर प्रतिकित्ता ३६५ रुपैयाँ ३० पैसामा किनबेच भएको छ।
यी तीनवटै कम्पनीको शेयर पुस ४ गते नेप्सेमा सूचीकृत भएको थियो। सोही अनुसार यस दिनको स्पेशल प्रि ओपन सेसनमा यी तीन कम्पनीहरुको पहिलो कारोबार भएको हो।